ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘अर्थतन्त्रका समस्या निकासका लागि सरकार–निजीक्षेत्र सहकार्य’

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

वीरगञ्ज। मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले मधेशको विकास र समृद्धिमा सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले शुक्रवार वीरगञ्जमा तिहार, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रमुख सचिव घिमिरेको स्वागत कार्यक्रममा यस्तो बताएका हुन् । उनले सरकार र निजीक्षेत्रको सहकार्य नभई समुन्नतिको उद्देश्यमा पुग्न नसकिने स्पष्ट पारे । महासंघ मधेश प्रदेशले उठाउँदै आएको कृषि थोकबजार स्थापनाका लागि प्रदेश सरकार तत्पर रहेको पनि उनले बताए । महासंघका अध्यक्ष अशोकुमार टेमानीले महासंघ मधेसको विकासमा सरकारसँग सहकार्य गर्न आतुर रहेको भन्दै यसका लागि महासंघले ‘मधेश भिजन २०९०’ अघि सारेको जानकारी दिए । उनले मधेश भिजन तयारीका लागि महासंघले जिल्ला जिल्लामा ‘समृद्धि शृंखला अभियान’अन्तर्गत त्यहाँको आर्थिक, सामाजिक सम्भाव्यता र समस्या पहिचानको अभियान नै चलाएको बताए ।

कार्यक्रममा महासंघ निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, महासंघ मधेश प्रदेशका सल्लाहकारहरू विजयकुमार सराबगी, अनिलकुमार अग्रवाल, अशोककुमार वैद, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललगायत उपस्थित थिए । सो अवसरमा उनीहरूले अहिले अर्थतन्त्रमा देखिएका समस्याको निकासका लागि सरोकारका पक्षबीच सार्थक सहकार्यको खाँचो औंल्याएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)