ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाटभटेनीद्वारा भूकम्पपीडितलाई करोडमाथि सहयोग

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। शुक्रवार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूका राहत तथा सहयोगका लागि भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङले सहयोगको घोषणा गरेका छन् । गुरुङले भूकम्प प्रभावित घरपरिवारका लागि रू. १ करोड ११ लाख ११ हजार १११ सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त सहयोग रकम सरकारको कोषमार्फत् परिचालन गरिनेछ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)