ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमाससम्म आँखुखोला जलविद्युतले कमायो करीब ९७ लाख नाफा *

२०८० कात्तिक, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म ९६ लाख  ८६ हजार  रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष २ करोड ७३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

कम्पनीको आम्दानी यस वर्ष घटेको छ । गत वर्ष ७ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।

कम्पनीले लिएको कर्जा तथा सापटी १ अर्ब २० करोड २६ लाख रुपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यस अवधिसम्म १ अर्ब २६ करोड २३ लाख रुपैयाँभन्दा बढी थियो । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७० रुपैयाँ ३३ पैसा छ । शिर्षक सच्याएको 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)