ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक रू. १ करोड २१ लाख नोक्सानीमा

२०८० कात्तिक, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड २१ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनी रू. १ करोड ६७ लाख नोक्सानीमा थियो । 

चालू आवमा निष्क्रिय कर्जा बढेसँगै कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशलमव ६७ प्रतिशत रहेकोमा चालू आवमा बढेर १७ दशलमव ८१ प्रतिशत पुगेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ८४ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १५ लाख ७६ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २९ लाख १५ हजार पुगेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. २६ करोड २४ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १२ करोड ९९ लाख र शेयर प्रिमियममा रू. १ करोड १ लाख सञ्चिति गरेको छ । सो अवधिमा रिटेन्ड अर्निङ भने रू. ३२ करोड ५० लाख ऋणात्मक छ । 

कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा ऋणात्मक छ । त्यस्तै तरलता अनुपात २३ दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २९ दशमलव ४९ छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)