ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाटभटेनीको वार्षिक चक्रवृद्धि वृद्धिदर १४ प्रतिशत

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भाटभटेनीको चक्रवृद्धि वृद्धिदर १४ प्रतिशत रहेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार सन् २०२३ सम्म वार्षिक चक्रवृद्धि वृद्धिदर १४ प्रतिशत रहेको जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष सन् २०२३ (लेखापरीक्षण नभएको)मा २९ अर्ब ७० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष सन् २०२२ को तुलनामा २०२३ मा आम्दानी सन् २०२३ मा आम्दानी १० दशमलव २८ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड आम्दानी गरेको थियो । 

सन् १९९२ मा स्थापित सुपर मार्केट चेन स्टोरमा मीनबहादुर गुरुङको ६० प्रतिशत र उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत शेयर हिस्सा छ । आव सन् २०२३ को अन्त्यसम्म कम्पनीको काठमाडौं, पोखरा, चितवन लगायतको देशको प्रमुख सहरहरूमा २४ ओटा आउटलेट छ । कम्पनीको निकट भविष्यमा थप तीन ओटा आउटलेट सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले १२ अर्ब ८७ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले कम्पनीको ५ अर्ब २५ करोड रुपैयाँको कर्जाको लागि एल डबल बी र ७ अर्ब ६१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि एफोर रेटिङ दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)