ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाभांश पारितका लागि आरएसडिसी लघुवित्तले मंसिर १५ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२०८० कात्तिक, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा आगामी मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले ८ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको संस्थापक तथा सर्वसाधारणमा शेयरधनीको शेयर स्वामित्व क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)