ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : खुम्चिएको कार्बन व्यापार

२०८० कात्तिक, २०  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपालले कार्बन व्यापारबाट सन् २०१० देखि थप ८ लाख पाएको समाचार छ । नेपालको कार्बन व्यापारबाट आम्दानी गर्न सक्ने जति ठूलो सम्भावना छ, त्यसको दाँजोमा यो सम्भावित भनिएको आम्दानी नगण्य मात्र हो । क्योटो प्रोटोकलमा हस्ताक्षर गरेपछि नेपाल कार्बन व्यापार गर्न पाउने राष्ट्र बनेको हो । तर, यो व्यापारका लागि क्षेत्र पहिचान, कार्बन उत्पादन कम गरेको प्रमाणीकरण र कार्बन क्रेडिट खरीदकर्ता पत्ता लगाउनेसम्मका प्रक्रियाका बारे नेपालीहरूको अत्यन्त न्यून ज्ञान भएकाले यसबाट उचित लाभ लिन नेपाल असमर्थ रहँदै आएको छ । यसबारेमा जानकार केही सीमित व्यक्तिहरू आफ्नै एनजीओ खोलेर अरूलाई यसको लाभबारे जानकारी नदिई व्यक्तिगत स्वार्थपूर्ति गरिरहेका छन् । कार्बन व्यापारबाट लाभ लिन नेपाललाई सघाउने आयोजनाहरूको ठेकेदारी गरेर बसेका अन्तरराष्ट्रिय सहयोग वा दातृनिकायहरू आफ्ना स्थापित सञ्जालबाहिर गएर सर्वसाधारणलाई उपयोगी हुने सूचना वितरण गरिरहेका छैनन् । 

(सम्पादकीयबाट)

वर्ष ६, अंक ८९, आइतवार, ४ पुस, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)