ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपीडितलाई पर्यटन संस्थाको राहत र तालीम

२०८० कात्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पर्यटनसँग सम्बन्धित संघसंस्थाले जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई आर्थिक सहयोगदेखि तालीमसम्म दिने भएका छन् । पर्यटनसँग सम्बन्धित संघसंस्थाले भूकम्प प्रभावित क्षेत्रका मानिसलाई अर्न एण्ड लर्न (कमाउने र सिकाउने) अवधारणाअन्तर्गत शीप विकास तालीम दिने भएका हुन् । 

होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान), नेपाल पर्वतारोहण संघ, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टर लगायत संघसंस्थाले शीप विकास तालीम कार्यक्रममा सहकार्य गर्नेछन् । राहत कोष स्थापना गरी भूकम्प प्रभावित घरपरिवारलाई सरकार तथा सम्बन्धित निकायसँगको समन्वयमा छिटोभन्दा छिटो सहयोग पुर्‍याउने निर्णय पनि गरिएको छ ।

मुख्य पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायत समग्र पर्यटन क्षेत्र सुरक्षित

भूकम्प प्रभावित क्षेत्रमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधि कम हुने भएको हुँदा यस प्रकोपले मुलुकको पर्यटनमा प्रभाव नपार्ने उल्लेख गरिएको छ । नेपालका मुख्य पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायत समग्र पर्यटन क्षेत्र सुरक्षित रहेको बताइएको छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्पपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएको छ । प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो । यस्तै नेपाल पर्वतारोहण संघले पनि सोही कोषमार्फत परिचालन हुनेगरी ३१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)