ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सञ्जालको दुरुपयोग नगर्न चेतावनी

२०८० कात्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै यसलाई मर्यादित बनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोग गर्नेविरुद्ध कानूनी कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको गृह मन्त्रालयको भनाइ

आइतवार विज्ञप्तिमार्फत मन्त्रालयले कानूनी कारबाहीबाट बच्न सुझाएको छ । टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुरा जानकारी लिन/दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने तर तिनमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सृजना गर्ने मन्त्रालयको भनाइ छ । 

सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको मन्त्रालयले बताएको छ । यस्तै दोषीउपर कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकायलाई निर्देशन दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)