काठमाडौं। आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता यादव हुमागाईलाई काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान गरेको भन्दै संघले २० औं वार्षिक साधारणसभाको अवसरमा हुमागाईलाई ‘कास्कून पत्रकारिता सम्मान–२०८०’ बाट सम्मानित गरेको हो ।
शनिवार सम्पन्न संघको २०औं वार्षिक साधारणसभामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र संघका अध्यक्ष दीपक पनेरुले हुमागाईलाई सम्मान गरे । डेढ दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील हुमागाई नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का संस्थापक अध्यक्षसमेत हुन् ।