काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभामा लैजान लागेको हो । कम्पनीले सातौं वार्षिक साधारणसभा मङ्सिर ११ आयोजना गरेको छ । सोही सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेपछि कम्पनीले निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ ।
कम्पनीको वार्षिक साधारण सभा मकवानपुरको हेटौंडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट शुरु हुनेछ । सभाले कम्पनीको पूँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८० /८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।