ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल पुनर्बीमा कम्पनीको दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित, यस्तो छ कारण

२०८० कात्तिक, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको मानवीय तथा आर्थिक क्षति भएकोले वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको कम्पनीले जनाएको छ । 

वार्षिकोत्सवका अवसरमा यसअघि कम्पनीले गत कात्तिक १७ गते रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । 

औपचारिक वार्षिकोत्सव कार्यक्रम स्थगित गरिए पनि भोलि प्रभातफेरी, स्मारिका विमोचन र शुभकामना एवं प्रतिवद्धता प्रकाशन कार्यक्रम यथावत् रहेको कम्पनीले जनाएको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)