ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटको वार्षिक साधारण सभा मङ्सिर २२ मा

२०८० कात्तिक, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बीफीन)ले पाँचौं वार्षिक साधारण सभा मङ्सिर २२ गते आयोजना गर्ने भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा उक्त दिन अपराह्न ३ बजे हुने छ । 

सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव ७० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभामा ५ जना सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पेस हुने छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)