ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार चार दिन घटेपछि १.१६ % बढ्यो नेप्से, ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार

२०८० कात्तिक, २०  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लगातार चार दिन घटेको नेप्से परिसूचक सोमवार (आज) १ दशमलव १६ प्रतिशत बढेको छ । यससँगै परिसूचक १ हजार ८४७ दशमलव ५४ विन्दुमा पुगेको छ । 

गत आइतवार नेप्से परिसूचक १८ सय विन्दुको मनोवैज्ञानिक रेखा नजिक पुगेको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार ८२६ दशमलव २३ विन्दुमा झरेको थियो । यही कारण बजार १८ सय विन्दुमुनि जान्छ भन्ने त्रास आम लगानीकर्तामा देखिएको थियो । तर, सोमवार नेप्सेमा भएको वृद्धि लगानीकर्तालाई केही राहत मिलेको छ ।  

अब यो वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन ? त्यो भने हेर्न बाँकी नै छ । त्यसो त यसअघि पनि धेरै पटक नेप्से १८ सय विन्दुकै आसपासबाट फर्किएको थियो ।

यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से बाउन्स ब्याक भएको थियो । अहिले पनि पुनः यही विन्दु नजिक आउनै लाग्दा बाउन्स ब्याक भएको देखिन्छ । यसआधारमा बजारले १८ सय वा यही वरिपरिको विन्दुलाई न्यूनतम रेखा बनाएको लगानीकर्ता बताउँछन् । 

सोमवार २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर ४७ हजार २३१ पटकमा रू. ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । 

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६५ दशमलव ८० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत बढेर रू. ७५३ पुगेको छ । 

सोमवार सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव २८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३७ मा झरेको हो । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. ६ करोड ४३ लाख बराबरको भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू.५ करोड ६२ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव ७३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा व्यापार समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)