ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पको केन्द्रविन्दुमै ५.८ रेक्टरको परकम्प, जाजरकोट आसपास पनि धक्का महसुस

२०८० कात्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
गत शुक्रवार राति जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पले सदरमुकाम खलङ्गामा भत्किएका घरहरू । तस्वीर : रासस
author avatar अभियान संवाददाता

भेरीगङ्गा (सुर्खेत) । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

जाजरकोटका छिमेकी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि गत शुक्रवार राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५७ भन्दा बढीको ज्यान गइसकेको छ भने थुप्रै घरहरू क्षतिग्रस्त बनेका छन् । राससको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)