रसिद र बैंक नोटमा क्यान्सर लाग्न सघाउ पुग्ने बिसफिनोल ए नामक रसायनको उच्च मात्रा भेटिएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनअनुसार मानिसमा बिसफिनोल एका कारण मोटोपना बढ्नुका साथै कलिलो उमेरमा नै प्रजनन सामथ्र्यसहित यौनांगको विकास हुने गरेको छ । नाफारहित अमेरिकी समूहहरू सेफर केमिकल्स, सेफर फ्यामिलिज र वासिङ्टन टक्सिक कोलिसनका अनुसन्धानकर्ताहरूले खाद्यपदार्थ विक्रीस्थल र लोकप्रिय व्यापारिक प्रतिष्ठान गरी २२ ओटा संस्थाका थर्मल पेपरबाट बनेका रसिदको परीक्षण गर्दा आधामा बिसफिनोल एको लेप अधिक पाइएको बताएका छन् । थर्मल पेपरबाट बनेका रसिदमा झिल्लीका रूपमा बिसफिनोल ए रहेकाले त्यो एक वस्तुबाट अर्कोमा सजिलै सर्न कोलिसनका वैज्ञानिक एरिका सेरडेरले बताइन् । दश सेकेण्डसम्म त्यस्ता रसिद समात्दा २ दशमलव ५ माइक्रोग्राम बिसफिनोल ए मानिसमा सर्ने तथा रसिदलाई घोट्दा त्यो १५ गुणा बढीले सर्ने अध्ययनमा उल्लेख छ ।
वर्ष ६, अंक ८९, आइतवार, ४ पुस, २०६७