ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

२०८० कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’

यो कार्यदललाई दुईओटा ‘म्यान्डेट’ दिइएको छ । गाँजालाई औषधिका उपयोग र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यता अध्ययन गरिनेछ । गाँजाका डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिने विषयमा कार्यदलले अनुसन्धान गर्नेछ । काम शुरू गरेको एक महीनाभित्र प्रतिवेदन बुझाउन कार्यदललाई अर्थमन्त्री महतले निर्देशन दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)