ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामूहिक लगानी कोषको आरक्षित धितोपत्र ६ महीना विक्री गर्न नपाउने 

२०८० कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषका लागि छुट्याइएको आरक्षित धितोपत्र कारोबार ६ महीनासम्म विक्री गर्न नपाउने व्यवस्था गरेको छ । 

कात्तिक २१ गतेदेखि नै लागू हुने गरी सामूहिक लगानी कोषहरूले प्राप्त गरेको ५ प्रतिशत आरक्षित शेयर दोस्रो बजारमा सूचीकृत हुने वित्तिकै विक्री गर्न नपाउने भएका हुन् ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषहरूले खरीद गरेको धितोपत्र सार्वजनिक निष्कासनको मितिले ६ महीना पूरा नभएसम्म विक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था बोर्डले गरेको हो । तर, यसरी खरीद गरिएको धितोपत्र बाँडफाँट भएको मितिले ६ महीनाभित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा यो नियमले बाधा नपुर्‍याउने बोर्डले जानकारी दिएको छ ।

पछिल्लो समय धितोपत्र दोस्रो बजारमा आईपीओको पहिलो कारोबार दिनमा नै विक्री चाप बढेपछि बोर्डले विशेष निगरानी बढाएको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित सामूहिक लगानी कोषहरूको समेत धितोपत्र बजार विकासका लागि महत्त्वपूर्ण योगदान हुने अवस्थामा विक्री चाप बढ्नुमा उनीहरूकै बढी भूमिका देखिन आएकाले यो व्यवस्था लागू गरिएको उनले बताए । 

संस्थागत लगानीकर्ताको रूपमा रहेका सामूहिक लगानी कोषहरूबाट दीर्घकालीन लगानीको अपेक्षा आमलगानीकर्ताहरूको रहेको र लगानीकर्ताको माग बमोजिम नै बोर्डले सामूहिक लगानी कोषको आरक्षित धितोपत्रमा लकइनको व्यवस्था गरेकोे हमालको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)