ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रिजमार्क मार्केटिङ स्थापनाको २८ वर्ष पूरा

२०८० कात्तिक, २१  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। प्रिजमार्क मार्केटिङले स्थापनाको २८ वर्ष पूरा गरेको छ । बहुराष्ट्रिय निगम, बैंक तथा वित्तीय संस्था, अन्तरराष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रसहित ग्राहकको एक विस्तृत शृंखला माझ उत्कृष्ट सेवा दिँदै आएको कम्पनीको दाबी छ । २८ वर्षको यात्रामा नवीन र प्रभावकारी मार्केटिङ समाधान प्रदान गर्ने प्रतिबद्धता नै उत्कृष्टताको प्रमाण रहेको कम्पनीको भनाइ छ । ‘यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान् ग्राहकको अटुट समर्थनलाई जान्छ,’ कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले भने । उद्योगको गतिशील आवश्यकता पूरा गर्न मार्केटिङ रणनीतिको विकासशील परिदृश्यमा निरन्तर रूपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोण अँगाल्दै आएको कम्पनीको भनाइ छ । यस उपलब्धिले कम्पनीको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवा प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)