ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्फ्रास्ट्रक्चरले यस वर्ष ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने 

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा करसमेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीको लाभांश प्रस्ताव अर्थमन्त्रालयबाट समेत स्वीकृति गराउनुपर्नेछ ।

कम्पनीले गत वर्षको जति नै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव २१ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । यसअघि दुई आर्थिक वर्षमा कम्पनीले लाभांश वितरण गरेको छ । सुरुको वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)