ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा मङ्सिर १८ मा,  छैन लाभांश प्रस्ताव 

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मङ्सिर १८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा उक्त दिन बिहान ११ बजेर १५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।

यस वर्ष पनि कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ११ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)