ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सागर डिष्टिलरीले प्रिमियममा आईपीओ जारी गर्ने, साधारण सभा मङ्सिर १५ मा

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नेलगायत प्रस्ताव पारितका लागि मङ्सिर १५ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासन प्रस्तावसँगै सो कार्यका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)