ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापकतर्फको २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा यो शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

कुल कित्ता शेयरमध्ये विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता रहेको छ । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)