ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा नेशनल हाइड्रोपावरले कमायो रू. ४५ लाख ९१ हजार नाफा, अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ४५ लाख ९१ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३२ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. ६८ लाख १८ हजार नाफा कमाएको थियो । 

चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी सामान्य बढे पनि खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा २ दशलमव ६२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ६ करोड ३६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ५२ लाख पुगेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड छ भने चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ करोड ७७ लाख र शेयर प्रिमियममा रू. १ करोड ६३ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको पूतिशेयर आम्दानी ४७ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १ रुपैयाँ ३२ पैसा छ । 

कम्पनीले टेण्डरमार्फत प्राप्त गरेको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको प्राविधिक, आर्थिक तथा वातावरणीय अध्ययन समाप्त भइसकेको छ । सो आयोजनाको विद्युत खरीद विक्री सम्झौता सम्पन्न भई निर्माण अनुमति पत्रसमेत प्राप्त भइसकेको कम्पनीले जनाएको छ । सो आयोजना निर्माणका लागि सिभिल काम तथा विद्युतीय उपकरण खरीदको लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ ।

कम्पनीले सोबाहेक लोअर इर्खुवा हाइड्रोपावर कम्पनी, उज्यालो इनर्जि सोल्युसन प्रा.लि. ह्याप्पि इनर्जी प्रा.लि. र पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.लि. मा पनि लगानी गरेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)