ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोर्दी खोला जलविद्युत कम्पनीले शत प्रतिशत हकप्रद शेयरको प्रस्ताव साधारण सभा पेस गर्न स्वीकृति

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ । 

विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आयोगसँग चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो । 

कम्पनीले अब हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ । साधारणसभाबाट पारित गरेपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)