ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक लगानी कोषको खुद नाफा १३.८२ प्रतिशत बढ्यो

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कोषको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ । 

कोषले गत आवमा रू. २३ करोड २७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २६ करोड ४८ लाख पुगेको हो । चालू आवमा कोषको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । कोषको आम्दानी गत आवको तुलनामा चालू आवमा १४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । गत आवमा कोषको कुल आम्दानी रू. ४० करोड ६ लाख रहेकोमा चालू आवमा बढेर रू. ४५ करोड ९१ लाख पुगेको छ । 

कोषको शेयर पूँजी रू. ५ अर्ब ३१ करोड छ । कोषले पहिलो त्रैमाससम्ममा जगेडामा रू. २३ अर्ब ३८ करोडभन्दा बढी सञ्चिति गरेको छ । गत आवको पहिलो त्रैमासमा भने कोषको जगेडामा रू. १८ अर्ब ६९ करोड थियो ।

चालू आवमा कोषको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)