ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती हाइड्रोले हकप्रदको प्रस्ताव साधारण सभामा लैजान आयोगबाट पायो स्वीकृति

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काडमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ । 

विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आयोगसँग चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो । 

कम्पनीले अब हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ । साधारणसभाबाट पारित गरेपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)