ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भगवती स्टिलको वार्षिक उत्पादन क्षमता ८५ हजार मेट्रिक टन, एकै वर्ष ९५ प्रतिशतले बढ्यो आम्दानी

२०८० कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वार्षिक उत्पादन क्षमता ८५ हजार मेट्रिक टन भएको बारामा रहेको भगवती स्टिल इन्डस्ट्रिज प्राइभेट लिमिटेडलको ९४ प्रतिशतले आम्दानी बढेको छ । 

रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार आर्थिक वर्ष (आव) सन् २०२२ मा १ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन आम्दानी भएको भगवती स्टिलको आव सन् २०२३ मा ९५ प्रतिशतले आम्दानी बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । सरकारी परियोजनाहरूमा स्टिलको उत्पादनहरूको विक्री बढेसँगै कम्पनीको आम्दानी बढेको केयर रेटिङ्सले जनाएको छ । 

आव सन् २०२१ मा कम्पनीले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले ३ अर्ब ५ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ । केयर रेटिङ्सले कम्पनीको २४ करोड ८७ लाख रुपैयाँको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी माइनस र २ अर्ब ८० करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ । 

सन् १९९१ मा स्थापित यस कम्पनीको अध्यक्षमा सुमित कुमार अग्रवाल छन् । कम्पनीले पाइप, सिट, डोर, विन्डो फ्रेम, सटर प्रोफाइल, साइट च्यानल, ट्रस, पोल टावर लगायतको उत्पादनहरू उत्पादन गर्दै आएको छ । कम्पनीले ‘बीएसटी’ ब्राण्डमा मुलुकभर उत्पादनहरू विक्री वितरण गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)