ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौधरी फाउण्डेनले जाजरकोट भूकम्पबाट घरविहिनका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने 

मानवीय सेवामा हातेमालो गर्न र भूकम्प प्रभावितलाई यथाशक्य चाडो छानोमुनि फर्काउने पवित्र कार्यमा सहकार्य गर्न अध्यक्ष विनोद चौधरीद्वारा आव्हान 

२०८० कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिन हुनु भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’निर्माण गर्ने भएको छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिन भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवस्यक रहेको भन्दै यस्तो निर्णय गरेको फाउण्डेसनले जनाएको छ ।

स्थानीय प्रशासन/स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

चौधरी फाउण्डेसनद्वारा २०७२ सालमा गोर्खा केन्द्रविन्दू भइ गएको महाभूकम्पबाट घरविहिन बनेका परिवारका लागि निर्माण गरिएको ट्रान्जिसनल होम : फाइल फोटो

चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण गरिरहेको छ । फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ । राहत वितरण कार्य जारी रहने फाउण्डेसनले जनाएको छ । 

‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्तिपनि विलम्ब गर्नु हुदैन । यहि मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन बन्नु भएका महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ, चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय विनोद चौधरीले भने, यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’ मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आव्हान गरेका छन् । 

चौधरी फाउण्डेसनद्वारा २०७२ सालको महाभूकम्पबाट विनास भएको सिन्धुपाल्चोक, मेलम्ची गाउँपालिका वडा नम्बर १२ गिरानचौरमा पुनर्निमाण गरिएको वस्ती : फाइल फोटो

फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको  हामी जानकारी दिएको छ ।  २०८० कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ । 

‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ’उक्त सहमतिपछि मेयर वादीले भने, 'यसैगरि अन्य स्थानीय निकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने जानकारी गराईन्छ ।' 

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहज हुने विश्वास फाउण्डेसनले दिएको छ। 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)