ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से परिसूचकसँगै कारोबार रकम बढ्यो, हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार

२०८० कात्तिक, २१  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक ११ दशलमव २२ अंक बढेर १ हजार ८५८ दशमलव ७६ विन्दुमा पुगेको हो । सोमवार करीब रू. ९४ करोड बराबरको शेयर कारोबार भएकोमा मंगलवार बढेर रू. ९९ करोड ६५ लाख बराबरको कारोबार भएको हो । बजार घटेर तल्लो विन्दुमा आएकाले अब बजारमा विस्तारै खरीदकर्ता सक्रिय हुन थालेको जानकारहरू बताउँछन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ प्रतिशत वृद्धि भएको छ । 

मंगलवार २८५ धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर ४० हजार ६ सय पटकमा रू. ९९ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६८९ पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ५ दशमलव २८ प्रतिशत बढेर रू. २५७ पुगेको छ । 

मंगलवार सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । यस कम्पनीको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.९५५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ९९ प्रतिशत घटेर रू. ७०७ दशमलव ९० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन बैंकको संस्थापक शेयरको भएको छ । कम्पनीको रू. ९ करोड १६ लाख बराबरको संस्थापक शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा माछापुच्छ्रे बैंकको रू. ६ करोड ३८ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेको हो । बढ्नेमा सबैभन्दा बढी लगानी समूहको परिसूचक १ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)