ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितको उद्धारका लागि पुनर्बीमा कम्पनीको २५ लाख सहयोग 

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो । 

कम्पनीले दसौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राति जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।

साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरी कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)