ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी प्रदेशसभाबाट बजेट अध्यादेश स्वीकृत

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं,। कोशी प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गरेको छ ।

प्रदेशसभाले २०८० मङ्सिर १६ गतेभित्र अध्यादेश पारित नगरे अघिल्लो पटकझैं कोशी प्रदेशमा बजेट होलिडे हुने अवस्था थियो ।

सोमवार बसेको प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मत स्वीकृत गरेको हो ।

दुवै अध्यादेश अस्वीकृत गर्न प्रदेशसभाका सदस्यहरू भूपेन्द्र राई, नारायणबहादुर मगर र खिनु लङ्वा लिम्बूले प्रदेशसभामा पेश गरेको सूचना फिर्ता लिएपछि सरकारको तर्फबाट विनाविभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश गरेका थिए । प्रदेशसभा सदस्य बुर्जा मगरले अध्यादेश अस्वीकृतको सूचना दर्ता गरे पनि फिर्ता लिनुपरेको बताए । मन्त्री उप्रेतीले कोशी प्रदेशमा पहिलोपटक बजेट होलिडेको अवस्था समेत बेहोरिसकेको र पुन: दोस्रोपटक पनि त्यस्तो अवस्था आउन नदिन सरकारको तर्फबाट दुवै अध्यादेश स्वीकृतिका लागि पेश गरिएको बताए ।

‘हाल दोस्रोपटक अध्यादेशबाट बजेट आएको छ, यसलाई २०८० मङ्सिर १६ गतेभित्र पारित र प्रमाणीकरण नगरे पुन: बजेट होलिडेको अवस्था आउनेछ,’ मन्त्री उप्रेतीले भने, ‘अहिले अध्यादेश पारित भएसँगै प्रदेश सरकारले प्रतिस्थापन विधेयक सभामा पेश गर्नेछ, जुन समयसीमाभित्रै प्रमाणीकरण हुने अपेक्षा छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)