ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीकरण गरिएका उद्योगको अध्ययन गर्न कार्यदल गठन

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। हाल बन्द अवस्थामा रहेका नेपाल ओरिन्ड म्याग्नेसाइटलगायत सातओटा उद्योग सञ्चालनका मोडालिटी तथा विकल्पबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका छन् । अर्थमन्त्री महतको अध्यक्षतामा निजीकरण समितिको ९४औं बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरूको विवाद तथा समस्या समाधानलगायत विषयमा छलफल भएको छ, जसमा सातओटा उद्योगहरूको निजीकरण गर्ने मोडालिटी र विकल्पबारे छलफल भएको छ ।

उक्त बैठकले हाल नेपाल सरकारको स्वामित्वमा रहेको, तर बन्द अवस्थामा रहेका उद्योग वा प्रतिष्ठानहरूका सम्बन्धमा कार्यदल बनाई सञ्चालनको सम्भाव्यता तथा मोडालिटीका बारेमा अध्ययन गर्ने निर्णय गरेको छ । सोही अध्ययनको निष्कर्षका आधारमा अगाडि बढ्ने निर्णय बैठकको छ । यद्यपि जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेको जमीनको स्वामित्व भने नेपाल सरकारकै रहने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले नेपाल रोजिन एण्ड टर्पेन्टाइन, नेपाल चिया विकास निगम, रघुपति जुट मिललगायत प्रतिष्ठानको निजीकरणपश्चात् सम्झौता कार्यान्वयनमा देखिएका समस्याको कानूनी, प्राविधिक तथा व्यवस्थापकीय पक्षसमेत अध्ययन विश्लेषण गरी सुझाव र सिफारिश निजीकरण समितिमा प्रस्तुत गर्न सरकारका सचिवहरू संयोजक रहने गरी अलग अलग कार्यदल गठन गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)