काठमाडौं। चालू आर्थिक वर्ष (आव)को प्रथम तीन महीनामा प्रमुख वस्तुहरूको आयातमा वृद्धि भएको छ । आयातमा वृद्धि भएका प्रमुख वस्तुहरूमा मेसिनरी तथा पार्टपुर्जा, फलाम, इस्पात तथा तिनका उत्पादन, प्लाष्टिकका दाना, एल्युमिनियम, मानव निर्मित फाइबर, कपडा, विमान तथा तिनका पार्टपुर्जा, कपास (धागो तथा कपडा), रायो/सस्र्यंूका दाना, रबर तथा तिनका उत्पादन, विद्युतीय उपकरण, तामा तथा तिनका वस्तु,
सवारीसाधन तथा पार्टपुर्जा, अन्न, रासायनिक मल, कच्चा सूर्यमुखी तेल, ऊन, चाँदी र तयारी पोशाक छन् । यीमध्ये अधिकांश वस्तु नेपालमा उत्पादन हुँदैन । तर अर्थतन्त्र चलायमान बनाउन सहायक सिद्ध हुने भएकाले तिनको आयात महत्त्वपूर्ण मानिन्छ ।