ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘आठौं रियल इस्टेट एक्स्पो २०२३’ डिसेम्बरमा गर्ने तयारी

२०८० कात्तिक, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल जग्गा तथा आवास विकास संघ (एनडीएचडीए)ले रियल इस्टेट एक्स्पो आयोजना गर्ने भएको छ । एनडीएचडीएले ‘आठौं रियल इस्टेट एक्स्पो २०२३’ डिसेम्बर २८ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो । नेपाल जग्गा तथा आवास विकास महासंघको प्रवर्द्धन, ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजना र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पो करीब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताबीच भेटघाटको केन्द्रबिन्दु हुने बताइएको छ, जसमा विकासकर्ताले आफ्ना नयाँ उत्पादन उपभोक्तामाझ प्रदर्शन गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)