ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कपनमा टाटा मोटर्सको नयाँ वर्कशप

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ । 

करीब ११ हजार ८८० वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्स पेसेन्जर भेहिकल इन्टरनेशनलका बिजनेस हेड मायांक बल्डीले उद्घाटन गरेका हुन् । 

नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीको हरेक पार्टपुर्जाको इन्जिन, चक्का, सस्पेन्सन, एसी लगायत मर्मतसम्भारका साथै डेन्टपेन्ट गरिने बताइएको छ । वर्कशपमा विशेषगरी विद्युतीय गाडी (इभी)को चेकजाँचको लागि विशेषज्ञ प्राविधिकको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । यही प्रतिबद्धता स्वरूप कम्पनीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कशप सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)