ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एसबिआई मर्चेन्ट बैंकिङको छूट

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठामाडौं। चाडपर्वको अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले ‘डिम्याट तथा मेरो शेयर खाता’ खोल्न निश्चित अवधिका लागि बम्पर छूट सहितका योजना सार्वजनिक गरेको छ, जसअनुसार डिम्याट खाता नि:शुल्क खोलिने र एक वर्षसम्मको डिम्याट तथा मेरो शेयरको नवीकरण गर्दा ५० प्रतिशत छूट पाइने छ । साथै ५ वर्षसम्म डिम्याट तथा मेरो शेयरको नवीकरणमा ३७ दशमलव ६३ प्रतिशत छूट दिने बताइएको छ । परिवार योजनाअन्तर्गत ३ जनाको डिम्याट तथा मेरो शेयर खोल्दा र नवीकरणमा १ जनाको नि:शुल्क र अन्यको ३३ दशमलव ३३ प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । यस्तै, नि:शुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नवीकरणमा ३५ दशमलव ५५ प्रतिशत छूट र आजीवन नवीकरण गरेमा ८० दशमलव १४ प्रतिशत छूट दिइने कम्पनीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)