ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘एक खाता, एक बिरुवा’अन्तर्गत एनआइएमबीको वृक्षरोपण

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले ‘एनआईएमबी ग्रिन फ्यूचर सेभिङ एकाउन्ट’अन्तर्गतको ‘एक खाता, एक बिरुवा’ अभियानले वृक्षरोपण कार्यक्रम शुरू गरेको छ । यो खाता खोल्ने ग्राहकको नाममा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बैंकले जानकारी दिएको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका–२ मा ५०० ओटा बिरुवा रोपी यस अभियानको शुरुआत गरेको हो । यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनु रहेको बताइएको छ ।

५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, नि:शुल्क चेक बुक, पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, नि:शुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध हुने बताइएको छ । साथै बैंकले ‘इको फ्रेण्ड्ली लोन’लाई प्राथमिकतामा राखेर प्रोसेसिङ फिमा २५ प्रतिशत छूट दिइने बैंकको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)