ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राबा बैंकद्वारा भूकम्प प्रभावितका लागि १ करोड सहयोग

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रिय वाणिज्य (राबा)बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलवार एक कार्यक्रमका बीच उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा मुख्य सचिव डा. वैकुण्ठ अर्याल, बैंक सञ्चालक समिति सदस्यहरू रोमिला ढकाल उप्रेती, सुशील घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, शाखा सञ्चालन विभागका प्रमुख आनन्द सुवेदी लगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)