ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनशक्ति व्यवस्थापनबारे कान्तिपुरको स्पष्टीकरण

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। कान्तिपुर पब्लिकेशन्समा कार्यरत कर्मचारी व्यवस्थापनको सम्बन्धमा नेपाल पत्रकार महासंघले विज्ञप्तिका नाममा संस्था एवं नेतृत्वप्रति लाञ्छना लगाउने गतिविधि भइरहेको भन्दै कान्तिपुरले आपत्ति जनाएको छ । 

अर्थतन्त्रमा मन्दीको असर सञ्चार क्षेत्रमा पनि परेकाले आफ्नो वित्तीय पुनरवलोकन गर्नुपरेको कान्तिपुर पब्लिकेशन्सले बताएको छ । सोहीअनुसार जनशक्ति घटाउनुपरेको विज्ञप्तिमा उल्लेख छ । ‘यस क्रममा नेपाल पत्रकार महासंघ, कान्तिपुर शाखासँग भएको सहमतिका आधारमा संस्थाले आर्थिक प्याकेजसहितको स्वैच्छिक अवकाश आह्वान गरेको हो, संस्थाले दिएको समयसीमाभित्र उल्लेख्य संख्यामा सञ्चारकर्मीको राजीनामा आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘माग र आपूर्तिको सिद्धान्तअनुसार जनशक्ति घटबढ गर्नु र आवश्यकताअनुसार सरुवा गर्न पाउनु व्यावसायिक अधिकार हो भने त्यस क्रममा कानूनको परिपालना गर्नु आफ्नो दायित्व हो भन्नेमा पब्लिकेशन्स स्पष्ट छ ।’ 

त्यसको मापदण्ड तय गर्दा वैधानिक बाटोबाहेक कुनै पनि गैरव्यावसायिक दबाब अनुचित रहेको कान्तिपुरको भनाइ छ । नेपाल पत्रकार महासंघले भने उक्त सञ्चार गृहले जबरजस्त पत्रकारलाई निकालेको भन्दै विरोध गरिरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)