ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंकले यस वर्ष शेयरधनीलाई लाभांश नबाँड्ने

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८०सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ । 

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारण सभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)