ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३ दशमलव ६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँ बराबरको नगद लाभांश छ ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी नवौं वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने जनाएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)