ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इमर्जिङ्ग नेपालले प्रस्ताव गर्‍यो लाभांश, नगद लाभांशमा जोड

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ८ दशमलव ४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित यो लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)