ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस वर्ष बरुण हाइड्रोपावर २ करोडभन्दा बढी नोक्सानीमा 

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँभन्दा बढी खुद नाफामा थियो ।

असार २ गतेको बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका कारण यो त्रैमासमा कम्पनीले विद्युत विक्री गर्न सकेको छैन । विद्युत विक्री आम्दानी नभएका कारण कम्पनी नोक्सानीमा गएको हो ।

गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष ४० लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ८० हजार रुपैयाँ वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ४८ लाख ९२ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ भने शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ ।

वार्षिक प्रतिशेयर १५ रुपैयाँ ६६ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)