ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडेप लघुवित्तको नाफा यस वर्ष करीब ९६ प्रतिशत घट्यो 

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाडेप लघुवित्त वित्रीय संस्था लिमिटेडले ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ८४ प्रतिशत कम भएको हो । कम्पनीको सञ्चालन नाफा भने ९९ दशमलव ३२ प्रतिशत कम भएको छ ।

गत वर्ष १ करोड ६६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बापतको फिर्ता रकम कम भएको छ । गत वर्ष २ करोड ६२ लाख रुपैयाँभन्दा बढी इम्पेयरमेन्ट चार्जबापतको रकम फिर्ता भएकोमा यस वर्ष ७९ लाख ७५ हजार रुपैयाँ मात्र फिर्ता भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ८९ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ १२ करोड ९ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २८ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले २ अर्ब ३८ करोड ४३ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।

गत वर्ष ४ दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ६ दशमलव ५६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)