ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमाससम्म ङादी ग्रुप पावरले विद्युत विक्रीबाट कमायो करीब ५ करोड 

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । विद्युत विक्री खर्च भने गत वर्ष ६६ लाख ७८ हजार रुपैयाँ रहेकोमा यस वर्ष १९ लाख रुपैयाँभन्दा बढी भएको छ ।

व्यवस्थापन खर्च बढ्दा यस वर्ष कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा घटेको छ । गत वर्ष १२ करोड ६४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको छ ।

खुद नाफा यस वर्ष २ करोड ४४ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । वित्तीय खर्च यस वर्ष घटेको छ । गत वर्ष १ करोड ९७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २२ लाख १६ हजार रुपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । अन्य इक्वीटी ८ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ८ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)