ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि

२०८० कात्तिक, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । 

गत आवमा कम्पनीले रू. १० लाख ५८ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ३७ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीसँगै अन्य आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ६० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ४ करोड २३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ७७ लाख पुगेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ७६ करोड छ । जगेडा कोष भने रू. २ करोडभन्दा बढी ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा, मूल्य आम्दानी अनुपात ७६ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)