ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा सुधारको संकेत, लगातार तीन दिन बढ्यो नेप्से

२०८० कात्तिक, २२  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शेयर बजारमा क्रमश: सुधार हुने संकेत देखिएको छ । परिसूचक लगातार तीन दिन (सोमवार)देखि बुधवारसम्म बढेको छ । पछिल्ला तीन कारोबार दिनमा बजार ३७ दशलमव ६९ अंक बढेको हो । बुधवार परिसूचक १ हजार ८६३ दशमलव ९४ विन्दुमा पुगेको छ । 

लामो समयदेखि घटेको बजारमा शेयर मूल्य निकै सस्ता भएका छन् । त्यस्तै बैंकहरूको पीई रेशियो पनि निकै सस्तो भइसकेको देखिन्छ । यता, लाभांशको सिजन पनि चलिरहेको छ । बजार घटेको पनि करीब २७ महीना भइसकेको छ । बजार सधैं घट्ने मात्र हुँदैन । घटबढ भइरहने यसको विशेषता हो । यस आधारमा अब विस्तारै क्रेताहरू हावी हुन सक्ने जानकारहरू बताउँछन् । यसो त ब्याजदर घट्दै जाने देखिएकोे छ । 

ब्याजदर घट्दै गएमा सामान्यतया शेयर बजार बढ्दै जाने अनुमान लगाउन सकिन्छ । पछिल्लो समय नीतिगत अवरोधहरू पनि विस्तारै हट्दै जाने संकेतहरू देखिएका छन् । धितोपत्र बोर्डले म्युचुअल फन्डहरूले आरक्षणमा पाएको शेयर ६ महीनासम्म बेच्न नपाउने व्यवस्था गरेको छ । यस कारण पनि अब शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

बुधवार यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत वृद्धि भएको छ । 

२८८ धितोपत्रको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार ३६४ पटकमा रू. ७८ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशलमव ०७ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ८७० पुगेको छ । त्यस्तै दोस्रोमा पिपुल्स पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ४० प्रतिशत बढेर रू. २५४ पुगेको छ । 

बुधवार सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ३८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०४ मा झरेको छ । सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ५ दशमलव ५३ प्रतिशत घटेर रू. ३३३ दशमलव ३० कायम भएको छ । 

सर्वाधिक शेयर कारोबारको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ५ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन बैकको संस्थापक शेयरको रू. ५ करोड २३ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ, म्युचुअल फण्डको स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव १६ प्रतिशत वृद्धि भएको छ भने घट्नेमा होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ६४ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)