ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सारङकोटमा निर्माणाधीन पञ्चमुखी गणेशको प्रतिमा आउँदो शिवरात्रिमा अनावरण गरिने

२०८० कात्तिक, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । अन्नपूर्ण केबलकार प्रालिले कास्कीको सारङकोटमा निर्माणाधीन ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा आउँदो शिवरात्रिमा अनावरण गर्ने भएको छ । कम्पनीले बुधवार (आज) गरेको पार्टनर्स मिट २०२३ मा यस्तो जानकारी दिएको हो । उक्त प्रतिमा पर्यटन आकर्षण गर्ने उद्देश्यले बनाइएकाे कम्पनीले जनाएको छ । 

पार्टनर्स मिटमा कम्पनीले नयाँ पाटर्नरको पनि खोजी गरिरहेको जानकारी दिएको छ । केबलकारमा पार्टनर बन्न चाहनेले आवेदन दिन सकिने कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । नयाँ साझेदारहरूलाई स्वागत गर्ने महोत्सवका रूपमा यस कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास लिएको उनले बताए । 

पञ्चमुखी गणेशको प्रतिमा निर्माण सम्पन्न भएपछि केबलकारमा यात्रा गर्ने पर्यटकलाई थप आकर्षण गर्ने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले २०७८ फागुनदेखि अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेको छ । सेदीबगरदेखि सारङकोट जोड्ने २ दशमलव २ किमिको केबलकारमा १७ वटा गोन्डोला छन्, जसले प्रतिघण्टा ५ सय जनालाई सुविधा दिने क्षमता राख्छ । 

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित र आरामदायी केबलकार सेवा प्रदान गर्न अन्नपूर्ण केबलकार समर्पित रहेको कम्पनीले जनाएको छ । 

बिहानी सेवा सञ्चालनसँगै पयर्टकले बिहानको सूर्योदय तथा सूर्यास्तको अवलोकन गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले नेपालीका लागि सात सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि आठ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)