ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ३ प्रतिशत घट्यो निर्जीवन बीमाशुल्क

२०८० कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अर्थतन्त्रमा कायम मन्दीको असर निर्जीवन बीमा व्यवसायमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क संकलन साढे ३ प्रतिशतभन्दा धेरैले घटेको हो । 

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आव २०८०/८१ को पहिलो त्रैमासमा १४ निर्जीवन र दुई लघु निर्जीवन बीमा कम्पनीले गरी १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । आव २०७९/८० को पहिलो त्रैमासमा बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । 

चालू आवको पहिलो त्रैमासको बीमाशुल्क अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा ३ दशमलव ५७ प्रतिशतले कम हो । 

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ ।

आर्थिक मन्दीको असर बीमा व्यवसायमा समेत पर्दा बीमाशुल्क घटेको यस क्षेत्रका जानकार बताउँछन् । प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यसले उक्त अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । यसले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सको बीमाशुल्क संकलन १ अर्ब ४ करोड १२ लाख रुपैयाँ छ । 

सञ्चालनमा रहेका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भने आव २०८०/८१ को पहिलो त्रैमासमा ९१ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६१ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)